तुलसीपुरकाे कालाखोलामा आज देखि भोटे मेला सुरु, भोली दुर्गेश थापा आउँदै



तुलसीपुरकाे कालाखोलामा आज देखि भोटे मेला सुरु, भोली दुर्गेश थापा आउँदै

तुलसीपुर २६ फागुन । तुलसीपुर ७ कालाखोलामा बुधवार देखी भोटे मेला सुरु भएको छ । आगामी चैत २ गते सम्म सन्चालन हुने एतिहोसिक भोटे मेला २०७७ को लुम्बिनी प्रदेश सभा सदस्य तथा लेखा समितिका संयोजक डिल्लीबहादुर चौधरीले रानी केक काटेर उद्घाटन गरेका छन् । तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानीघाट युवा क्लवको सहआयोजना र तुलसीपुर ७ को वडा कार्यालयको संरक्षणमा मेला सन्चालन गरिएको हो ।

वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले पर्यटन र प्रर्वद्धनका लागि मेलाले महत्व राख्ने बताएका थिए । ऐतिहासिक भोटे मेला तत्कालिन सशत्र द्धन्द्ध सुरु भएसंगै स्थगित भएको थियो । त्यसलाई फेरी निरन्तरता दिदै संस्कृतिलाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यका साथ गत वर्ष देखी मेला सन्चालन गरिएको वडा अध्यक्ष केसीले बताए । मेलाको आकर्षकका रुपमा घोडालाई लिईएको छ ।

यस्तैगरी मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकार, बाल उद्यान, मनोरन्जन, राटे पिङ लगाएतका आर्कषक रहेका छन् । आज पहिलो दिन राष्ट्रिय लोक दोहारी गायक खड्ग बुढा र लिलाबती बुढा लगाएतका कलाकारले प्रस्तुती राखेका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी लगाएतले बाेलेका थिए । रानीघाट युवा क्लवका सचिव डिल्लीराज भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सांस्कृतिक कार्यक्रम संयोजक दिपक कुमालले गरेका थिए ।

भाेली दुर्गेश थापा आउँदै

नेपाली गित सङगितमा आफनो बेग्लै पहिचान बनाएका दुर्गेश थापा भोली दाङ आउँदैछन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा चलिरहेको एतिहासिक भोटे मेलामा सहभागिका लागि दुर्गेश भोली बिहिवार दाङ आउदै छन्। हिन्दुहरुको महान चाड शिबरात्रीको दिनमा उनी दाङ आउँदै गर्दा उनलाई मन पराउने उनका फ्यानहरु उनलाई हेर्न आतुर छन्। दाङमा दुर्गेश हरेक जसो हुने विभिन्न कार्यक्रममा आईरहेका छन् । दाङमा उनको फ्यान फोलिङ र क्रेज एक्दमै राम्रो छ। केही दिन अगाडि मात्र शिबरात्रीलाई मध्यनजर गर्दै उनले बजारमा नया गित सलाई छ (जय शम्भु)निकालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे