विप्लवसँग भएको सम्झौता रातारात नभइ लामो समयको छलफलपछि सम्भव भएको हाे : प्रधानमन्त्री ओली



विप्लवसँग भएको सम्झौता रातारात नभइ लामो समयको छलफलपछि सम्भव भएको हाे : प्रधानमन्त्री ओली

काठमाण्डाै २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन् । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए ।

उनले आज (शुक्रवार) नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ‘फोर्स ल्याण्डिङ’ वा ‘क्र्यास ल्याण्डिङ’ नभइ ‘सेफ ल्याण्डिङ’ भएको बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता रातारात भएको नभइ लामो समयको छलफलपछि सम्भव भएको बताए ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे