राप्ती गाउँपालिकामा खोप दिने प्राथमिकता समूह र खोप तालिका परिवर्तन
भालुवाङ २१ फागुन । सरकारले आगामी फागुन २३ गते देखि शुरु गर्न लागेको कोभिड विरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।
तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पु¥याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पु¥याइएको थियो ।
यसै क्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखाले कोरोना विरुद्धको खोप केन्द्र, र वडा टोलको नाम तथा मिति परिवर्तन गरेको छ । राप्ती गाउँपालिकाले २ वटा स्वास्थ्य चौकी १ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र र १ वडा खोप केन्द्रमा खोप लगाउने गरी तयारी थालेको छ ।
जस अनुसार फागुन २३ गते लालमटिया स्वास्थ्य चौकी भालुवाङमा वडा नम्बर १ को आँपखोली, गौतमबुद्ध, हनुमानगढी, शान्तिपुर, मछिताल र बगासोती खर्क, स्वर्गद्धारी, नयाँ बजार सिद्धेश्वरी, नमुना र विहानी टोलका नागरिकलाई खोप लगाइने छ । त्यस्तै फागुन २४ गते सोही केन्द्रमा वडा नम्बर २ को लालमटिया बजार, आदर्श टोल, बराखुटी, बाहुनीपाटा, स्यानीघोष, रामनगर, मुक्तिनगर, नयाँबस्ती र कटेशनाला टोलका नागरिकलाई खोप लगाइने छ ।
त्यस्तै फागुन २५ गते सोही केन्द्रमा वडा नम्बर ३ को खुरुरीया, बसन्तपुर, पैसठ्ठी नम्बर, नयाँबस्ती, मसुरीया, बाघढड्डी, उत्तर मसुरीया र असारे टोलका नागरिकलाई खोप लगाइने छ । यसै क्रममा फागुन २६ गते सोही केन्द्रमा वडा नम्बर ४ को बुढीचौर, मझनीगढ, सिमलखुट्टी, सुन्दरपुर, नयाँगाउँ र पिपरखुट्टी, उत्तर खिनैटा, जनकपुर, मौरीघाट, चतरुवा, गौमुखी र दक्षिण खिनैटा टोलका नागरिकलाई खोप लगाइने स्वास्थ्य संयोजक राउतले जानकारी दिएका छन् ।
यता सिसहनियाँ स्वास्थ्य चौकीमा फागुन २३ गते वडा नम्बर ५ को प्रगतीशिल टोल, कमलरोड, कालापानी पहरुवा, लठ्ठहवा, सिंगे, भुल्के, थकरीकोट, करङ्गेकोट र पुनखोला टोलका नागरिकलाई खोप लगाइने भएको छ । यसै गरी फागुन २४ गते वडा नम्बर ६ को मझेरीया, भगवानपुर र पत्थरगढवा, सगरापुर र बगरापुरका नागरिकलाई खोप लगाइने भएको छ । फागुन २५ गते वडा नम्बर ७ को बड्का सिसहनियाँ, भानपुर, छोट्की सिसहनियाँ, अर्नहनपुर जगपुरटोलका नागरिकलाई खोप लगाइने भएको छ ।
त्यसै गरी फागुन २६ गते वडा नम्बर ८ को पार्वती टोल, शिव टोल, बुद्धनगर टोल, शान्ति टोल र सगरमाथा टोल, मिलन टोल, प्रभात टोल, सांसद टोल, शंकर टोल र इन्द्रणी टोलका नागरिकलाई खोप लगाइने भएको छ । यता देवीकोट स्वास्थ्य इकाई केन्द्रमा फागुन २३ गते वडा नम्बर ९ को स्यानीघोष, बड्डाडा, रुपाकोट, मुस्लिम टोल, छुचुन्द्रे, सल्ले, अन्तरे, घोरेबास, छाउने, न्याबासे, घोग्लेआँप र लामा खोला टोल, फागुन २४ गते चन्दुली खोप केन्द्रमा वडा नम्बर ९ कै तल्लोघोष खोला, ठाँटी खोला, काला खोला, जावुने, कपलखुट्टी, नयाँगाउँ, रातामाटा, जाकिने बाउरी र सिम्ले टोलका नागरिकलाई खोप लगाइने भएको छ ।
भने छुट भएका १ देखि ९ वटै वडाका नागरिकले आफ्नो खोप कार्यतालिका अनुसार फागुन २७ गते सामुदायिक, निजी तथा क्याम्पसका प्रध्यानाध्यापक र शिक्षक शिक्षिकाहरुले पनि आ आफ्नो नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य संयोजक राउतले आग्रह गरेका छन् । खोप लगाउनका लागि नेपाली नागरिकता वा मतदाता परिचय पत्र अनिवार्य चाहिने भएको छ ।