शैक्षिक अधिकार प्राप्तीका लागि  विद्यार्थीहरुले कलमका माध्यमबाट विद्रोह गर्नुपर्छ : केसी



शैक्षिक अधिकार प्राप्तीका लागि  विद्यार्थीहरुले कलमका माध्यमबाट विद्रोह गर्नुपर्छ : केसी

माैरीघाट १४ फागुन । अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक अनिल केसीले शैक्षिक अधिकार प्राप्ति र समाजवादी शिक्षा निती अहिलेको दलाल व्यवस्थाबाट सम्भव नभएकाले विद्यार्थीहरुले कलमका माध्यमबाट विद्रोह गर्न आवश्यक रहेको बताए ।अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको प्रशिक्षण कार्यक्रममा बाेल्दै केसीले साे कुरा बताएका हुन् ।

उनले अहिलेको शिक्षा प्रणालीमा ठूलो असमानता ,विभेद ,विकृती,बिशंङ्गती भएकाले यसको अन्त्यको निम्ति युवा विद्यार्थी एकहुनु पर्ने बताए । बिद्यार्थीको हक हित र अधिकार तथा शिक्षा क्षेत्रमा देखिएको बिकृती,बिसङ्गती ,निजीकरण ,व्यापारीकरण, दलालिकरणको विरुद्धमा आवाज उठाउदा सरकारले अघोषित रुपमा संगठनमाथी प्रतिबन्ध लगाएर दुख दिइरहेको गुनासो गरे ।

साथै यसको भन्दाफोर गर्न सचेत विद्यार्थीहरु अगाडी बढ्नु पर्ने धारणा राखे । संयोजक केसीले सम्मेलन आयोजक कमितिलाई बधाई दिदै राप्ती प्राविधिक शिक्षालयमा विद्यार्थीका समस्यालाई उजागर गर्दै अनुसाशित भएर काम गर्न निर्देशन दिए ।

अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य एवं राप्ती प्राबिधिक शिक्षालयका संयोजक देबराज डाँगीको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक अनिल केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला सदस्य एवं पुर्व जिल्ला सचिव खुमन पौडेल ,जिल्ला सम्मेलन आयोजक समिती सदस्य कृष्ण ,जिल्ला सम्मेलन आयोजक समिती सदस्य रबिन्द्र लगायतको उपस्थिति रहेको थियो ।

यसैविच राप्ती प्राविधिक शिक्षालयको चौथो इकाई सम्मेलन सम्पन्न गर्न बैठकले शिवराजको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे