लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड



लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड

मौरीघाट १४ फागुन । लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिले च्यातिदिएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीको राप्ती प्राबिधिक शिक्षालयको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मूल बाटोमा गाडिएको लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्ड गएराती अज्ञान व्यक्तिले तोडफोड गरी च्यातिदिएका छन् ।

तर यस विषयमा हामीले इलाका प्रहरी कार्यालय भालुवाङमा बुझ्दा प्रहरीलाई थाहा नभएको प्रहरी निरिक्षक भुवन भट्टले बताए । यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दलाई फोन सम्पर्क गर्दा दुवै जना सँग फोन सम्पर्क हुन सकेन ।

स्थानीयका अनुसार विकास बिरोधी, संघीयता बिरोधी र देउखुरीमा राजधानीको बिरोधी शक्ति वा जमातले होडिङबोर्ड च्यातेको हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे