प्रदेश स्तरीय चलचित्र छायांकन स्थल संभाव्यता अध्ययन



प्रदेश स्तरीय चलचित्र छायांकन स्थल संभाव्यता अध्ययन

मसुरीया १२ फागुन ।  नेपाल चलचित्र बिकास बोर्डका उच्च पदस्त अधिकारीहरुद्वारा राप्ती गाउँपालिकाको विभिन्न स्थानहरुको अवलोकन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी एवं जनप्रतिनिधि र प्रदेश स्तरीय चलचित्र छायांकन स्थल संभाव्यता अध्ययन समिति बीच महत्त्वपूर्ण छलफल गरिएको हो ।

सो छलफल पश्चात आगामी दिनमा चलचित्र निर्माणका लागि बहुउदेश्यीय भवन तथा स्थलको निर्माणका लागि क्षेत्र निर्धारण गर्ने उदेश्यका साथ राप्ती गाउँपालिकाका हर्शेडाडाँ, मिलन डाडाँ, खौराहा, स्वीजरल्याण्ड, खड्गेश्वरी, थारु संग्राहलय, थारु बस्ती, दोलाई खोला, राप्त नदि तटिय स्थल, राप्ती पुलको अवलोकन गरिएको छ ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको छलफल पश्चात टोलीले उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री र बिद्याशरण चौधरीको साथमा अवलोकन गरेको हो । नायक नवल खड्का, पत्रकार तथा कलाकार के एल बुढाथोकी सहितको टोलीले राप्ती उपत्यकाको प्रमुख आकर्षण स्थलको अलवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे