तुलसीपुरमा अटो र जीप ठाेक्किदा अटो चालकको मृत्यु ५ जना घाइते



तुलसीपुरमा अटो र जीप ठाेक्किदा अटो चालकको मृत्यु ५ जना घाइते

दाङ ११ फागुन । दाङमा अटो र जीप एक आपसमा ठाेक्किदा अटो चालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । तुलसीपुर

उपमहानगरपालिकाको चमिखोलामा सोमबार दिउँसो सवा ३ बजेको सयमा भएको दुर्घटनामा अटो चालक शान्तिनगर गाउँपालिका वडा नम्बर १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुरमा थप उपचारका क्रममा मृत्यु भएको हो।

घाइते मध्य अटोमा सवार शान्तिनगर १ की ३० बर्षीया रुपा वली, उहाँकी २ बर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ बर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको र उनीहरु तीनै जनाको कोहलपुरमै उपचार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अटोमै सवार अन्य दूईजना घाइतेको अवस्था सामान्ने रहेको र उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो रिक्सा र विपरित दिशाबाट आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण नखुले पनि तिब्रगतिले हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे