घोराहीमा प्रथम फुर्सेखाली रनिङ शिल्ड फुटबल खेल हुने



घोराहीमा प्रथम फुर्सेखाली रनिङ शिल्ड फुटबल खेल हुने

घोराही १० फागुन। दाङको घोराहीमा प्रथम फुर्सेखाली रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको फुर्सेखाली युवा क्लवको आयोजनामा यही फागुन २२ गते देखी नवलपुर खेल मैदानमा प्रतियोगिता सुरु हुने भएको हो ।

आयोजक क्लवले पत्रकार सम्मेलन गर्दै खेलमा जुन सुकै स्थानबाट पनि खेलाडीको समूहले भाग लिन पाउने जनाएको छ । प्रतियोगीतामा सहभागि हुन ५ हजार रुपैयाँ शूल्क तोकिएको र नकआउट चरणमा खेल हुने खेल संयोजक मदन पुनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, शिल्ड, मेडल तथा प्रमाण पत्र र उप विजेतालाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । क्लवका अध्यक्ष नोख घर्तीमगरको अध्यक्षतामा कार्यक्रम गरि खेलका बारेमा जानकारी दिदै फागुन १९ गते सम्म टिम दर्ता गर्ने र २० गते टाइसीट सार्वजनिक गर्ने समय तोकिएको संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे