राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी



राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी

घोराही ७ फागुन । सरकारले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा सरकारले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेको हो ।

जसमा घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १८ जना गरी जिल्लामा २६ जनाको कैद मिनाह गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनिहरु मध्ये सवारी ज्यान मृद्धा, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान लगाएतका मृद्धा खेपेकाहरु रहेको उनको भनाई रहेको छ ।

यसैबीच मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी देशभरबाट ४ सय १ जनाको कैद मिनाहा भएको छ । ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे