दाङको तुलसीपुरमा लाईसेन्स नबोक्ने चालकलाई धमाधम कारवाही



दाङको तुलसीपुरमा लाईसेन्स नबोक्ने चालकलाई धमाधम कारवाही

तुलसीपुर ३ फागुन । तुलसीपुरमा प्रहरीले सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नभएका मोटरसाइकल तथा स्कुटर चलाउने ४४ जनालाई नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत मोटरसाइकल र स्कुटर चलाएको भन्दै प्रहरीले ४४ जनालाई तुलसीपुरको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट ४४ जना व्यक्तिलाई लाइसेन्स विनाको सवारी साधन चलाएको भेटिएसंगै नियन्त्रणमा लिएको छ । हाल नियन्त्रणमा लिएका ४४ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको डिएसपी सिंहले बताए ।

नियन्त्रणमा लिइएकालाई उनीहरुका आफन्ती तथा सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सम्झाई बुझाई गरिने समेत बताएका छन् । दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न खालका प्रहरी साझेदारी कार्यक्रम, टोल टोलमा सुरक्षा समिति गठन, स्कूल स्कूलमा ओरेन्टेसन कार्यक्रम, बजारका चोक चोकमा सुरक्षा सर्तकता लगाएतका कार्यक्रम गरेता पनि सवारी दुर्घटना न्यूनिकरण नभएकोले यस्तो खालको अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘‘हामीले प्रहरी साझेदारी कार्यक्रम, टोल टोलमा सुरक्षा समिति गठन, स्कूल स्कूलमा ओरेन्टेसन कार्यक्रम, बजारका चोक चोकमा सुरक्षा सर्तकता लगाएतका कार्यक्रम गरियौ तै पनि सवारी दुर्घटना न्यूनिकरण नभएपछि यस्तो खालको अभियान सञ्चालन गर्न बाध्य भएका छौँ, उनले भने‘अबदेखि यो अभियान दैनिक रुपमा सञ्चालन गर्छौ, लाइसेन्सविनाको मोटरसाइकल स्कुटर चलाउनेलाई नियन्त्रणमा लिन्छौं ।’

यस भन्दा अगाडि विभिन्न खालका कार्यक्रमले प्रभावकारीता नदेखिएपछि यो अभियानलाई अगाडी सारेको उनको भनाइ छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र इकाला प्रहरी कार्यालय तुलसीपुरको संयुक्त संयोजनमा यो कार्याक्रमलाई अगाडी सारेको बताए ।

नियन्त्रणमा लिइएका ४४ जनालाई कानुनी प्रक्रिया पुरा गरि प्रति व्यक्ति १५०० जरिवाना तिराएर छोडिने समेत उनले बताए । लाइसेन्स विना सवारी साधन विशेष गरी क्लेज पढ्नेले युवायुवतीले प्रयोग गर्ने भएकोले उहाँप्रति यो कार्यक्रम केन्द्रित गरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे