तुलसीपुरमा पत्रकारसहित १ सय ४२ जनाले लगाए कारोनाबिरुद्धको खोप



तुलसीपुरमा पत्रकारसहित १ सय ४२ जनाले लगाए कारोनाबिरुद्धको खोप

तुलसीपुर ३ फागुन । दाङको तुलसीपुरमा हिजो आइतवार देखि सुरु भएको दोश्रो समुहको कोरोना बिरुद्धको खोप लगाउने अभियान जारी छ । अभियानकै क्रममा सोमवार तुलसीपुरमा २० जना पत्रकार सहित १ सय ४२ जनाले कोरोना बिरुद्धको खोप लगाएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार सोमवार खोप लगाउनेहरुमा ,८६ जना निजामती कर्मचारी, २४ जना जनप्रतिनिधि, २० जना पत्रकार,३ जना स्थानिय तहका कर्मचारी,६ जना स्वास्थ्यकर्मी,१ जना प्रसासनका कर्मचारी,१ जना बैक तथा वित्तीय संस्थाका कर्मचारी र १ जना संस्थानका कर्मचारी गरि १ सय ४२ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन ।

दोश्रो चरणको खोप लगाउने अभियान अन्तर्गत आइतवार पहिलो दिन ८० जनाले खोप लगाएको फोकल पर्सन केसीले जानकारी दिए । दोश्रो चरणको खोप लगाउने अभियान अन्तर्गत निजामती कर्मचारी,स्थानिय जनप्रतिनिधिहरु,सशत्र प्रहरी,बैकं तथा वित्तीय संस्थाका कर्मचारी,पत्रकार लगाएतलाई कोरोना बिरुद्धको खोप लगाइने उनको भनाई छ ।

सबै जनालाई ढुक्क भएर खोप लगाउनुहोस,केसीले भने,-तर केही व्यक्तीमा सामान्य असर देखिन पनि सक्छ त्यसमा आत्तिनु पर्दैन । उनका अनुसार तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल खोप केन्द्रबाट १ हजार ७ सय जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियान फागुन ७ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे