कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा ४ जना घाइते



कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा ४ जना घाइते

धनगढी २३ माघ। कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन् । शुक्रबार विहान पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका– वडा नम्बर १ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा बस सडक मै पल्टिएको छ ।

ट्रयाक्टरमा पनि क्षेति भएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइतेहरुको अवस्था भने सामान्य रहेको बताए ।ट्रयाक्टर चालक फरार भएका छन् भने बस चालक घटना स्थलमै रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे