पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले म्याद थपेन : छाेड्ने आदेश
काठमाडौं १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका हुन् । प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्
