युवा चेम्बरले राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
भालुवाङ १८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको युवा चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने भएको छ ।
राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बरले साउन २७ गते राप्ती गाउँपालिकाको सभाहलमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्र निर्माणमा युवाको भुमिका विषयक पालिकास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। युवा चेम्बरका अध्यक्ष मोतिराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगिता राप्ती गाउँपालिकाको समन्वयमा आयोजना गरिने तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट गाउँपालिकासँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा राप्ती चेम्बर अफ कमर्सका महासचिव खेमराज अर्याल, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, प्रथम उपाध्यक्ष पदम परियार, दोस्रो उपाध्यक्ष सुधन घिमिरे, सचिव आशिष परियार, सह–कोषाध्यक्ष प्रेमबहादुर चौधरी, साधारण सदस्य आर. के यादव लगायतको सहभागिता रहेको थियो।
