दियो क्लबद्वारा टोल सरसफाई



दियो क्लबद्वारा टोल सरसफाई

मसुरिया १० साउन । दाङ देउखुरी राप्ती गाउँपालिका-३ प्रगतिटोलमा दियो युबा क्लबले सरसफाई सचेतना अभियान अन्तरगत प्रगति टोल भित्र रहेका सम्पुर्ण सडक तथा बस्तीहरुमा सरसफाई गरेको छ ।

सरसफाइको क्रममा सडकमा रहेका नगल्ने प्रकारका फोहोरहरु जम्मा गरी संकलन गरेको हो । सरसफाई पछि समापन कार्यक्रम भएको थियोे । उक्त कार्यक्रममा सफाइमा सहभागी सम्पुर्णले आ आफ्नो बिचार राखेका थिए । क्लबका सचिव पारस पोख्रेलको संचालनमा भएको कार्यक्रमको समापन क्लब अध्यक्ष गणेश आचार्य गर्नुभएको थियोे । उक्त सम्पुर्ण कार्यक्रममा क्लब संरक्षक गणेश प्रसाद आचार्यको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे