ज्योति आधारभूत विद्यालयमा सम्मान तथा बधाई कार्यक्रम
राजपुर ८ साउन । दाङको राजपुर गाउँपालिका–१ गुरुङखोलास्थित ज्योति आधारभूत विद्यालयमा शुक्रबार सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापकले ८ वर्ष ८ महिना १६ दिन विद्यालयमा नेतृत्व सम्हाल्ने क्रममा हासिल भएका शैक्षिक, प्रशासनिक तथा आर्थिक उपलब्धिबारे जानकारी गराउँदै विद्यालयको समग्र विकासमा सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् । राजपुर गाउँपालिकाबाट दरबन्दी मिलानको रूपमा खटाइएका प्राथमिक द्वितीय श्रेणीका शिक्षक श्री सकलराम चौधरीले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी ग्रहण गरेका छन् । उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन, भौतिक पूर्वाधार विकास तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिलबहादुर चलाउनेको सभापतित्व तथा राजपुर गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष श्री विष्णुबहादुर बुढाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक रोशन यादवले गरेका थिए ।
