भालुवाङबाट १ लाख बढी मुल्य बराबरकाे ४५ बोरा युरिया मल बरामद
भालुवाङ ७ साउन । भालुवाङ प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो । राप्ती गाउँपालिका–१ भालुवाङ चोक स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो मलको अनुमानित मूल्य १ लाख १ हजार २ सय ५० रहेको समेत प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त युरिया मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
