जन्मदिनको उपहार बालबालिकालाई : सुर्यकिरणले बाँडे झोला र कापी



जन्मदिनको उपहार बालबालिकालाई : सुर्यकिरणले बाँडे झोला र कापी

भालुवाङ ६ साउन । जन्मदिनलाई तडकभडक र मनोरञ्जनमा सीमित गर्ने प्रचलन बढिरहेका बेला दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी युवा समाजसेवी तथा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसीले आफ्नो जन्मदिन बालबालिकासँग खुसी साट्दै मनाएका छन्।

स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ताको रूपमा समेत परिचित केसीले आफ्नो ३२ औं जन्म दिन राप्ती गाउँपालिका-३ बसन्तपुरमा रहेको विपी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका सँग खुसी साटेर मनाएका छन् । बुधबार संस्थामा पदाधिकारी, सदस्य तथा आफ्ना साथीभाइ सहित स्कुल पुगेका केसीले बाल विकास देखि ४ कक्षा सम्मका ६० जना गरिव तथा विपन्न बालबालिकालाई स्कुल झोला र कापी वितरण गरेका हुन् । जन्मदिनमा बालबालिकालाई खुसी बनाएर आफूलाई आनन्द आएको बताए ।

आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगु चाैधरी, प्रधानाध्यापक जिवराज शर्मा र आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्य लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउने कार्य अनुकरणीय रहेको बताए। उनीहरूले समाजका अन्य व्यक्तिहरूले पनि यस्ता सकारात्मक कार्यबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे। कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे