रास्वपा दाङको जिल्ला सदस्य तथा क्षेत्रिय सभापतिमा मोहन आचार्य निर्विरोध निर्वाचित



रास्वपा दाङको जिल्ला सदस्य तथा क्षेत्रिय सभापतिमा मोहन आचार्य निर्विरोध निर्वाचित

दाङ २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट मोहन आचार्य जिल्ला सदस्य तथा दाङ क्षेत्र नम्बर–१ को सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

शनिबार घोराहीमा सम्पन्न अधिवेशनबाट राप्ती गाउँपालिका–१ भालुवाङ निवासी आचार्य निर्विरोध निर्वाचित भएका हुन् । यसअघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका आचार्यलाई पुनः नेतृत्वको अवसर प्राप्त भएको हो । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय आचार्य भालुवाङका सफल र कुशल व्यवसायीका रूपमा समेत परिचित छन् । पार्टी संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहमा रास्वपाको प्रभाव बढाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

उनको निर्विरोध चयनसँगै दाङ क्षेत्र नम्बर–१ मा रास्वपाको संगठन थप सुदृढ हुने विश्वास पार्टी कार्यकर्ताहरूले व्यक्त गरेका छन् । अधिवेशनले दाङ जिल्लाको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । निर्वाचनमा खनालले १९६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

सभापति पदका अन्य उम्मेदवार मध्ये बिनय घिमिरेले १२४ मत, केदार रजौरेले ६ मत तथा किरणकुमार आचार्यले २ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।उपसभापति पदमा निराजन थापा २४१ मत सहित विजयी भए। उनकी प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरिन्।

यस्तै सचिव पदमा अशिम भुसाल २०० मत सहित निर्वाचित भए। उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरे।सह–सचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित विजयी भइन्। उक्त पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ मत तथा सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए। निर्वाचनबाट सदस्य पदमा प्रताप पुन मगर, चुमान चौधरी, गोमा शर्मा र पवित्रा बिक निर्वाचित भएका छन्। खनालको नयाँ नेतृत्वले आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे