पुरानो भालुवाङ बजारमा विद्युत सर्ट भएर १ घरमा आगलागी
भालुवाङ ९ साउन । दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेश कुमार गुप्ताको घरमा शनिबार राति विद्युत् सर्ट भएर आगलागी भएकाे छ।
शनिबार राति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिएका छन् । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरु जलेर नष्ट भएको छ। आगलागीको खबर पाएलगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली घटना स्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए। समयमै आगो नियन्त्रणमा लिइएकाले आगो अन्य घरमा फैलिन नपाई ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
