देउखुरीमा माटोको ढिस्कोले पुरिएर १५ वर्षीय बालकको मृत्यु



देउखुरीमा माटोको ढिस्कोले पुरिएर १५ वर्षीय बालकको मृत्यु

देउखुरी १० साउन । दाङको देउखुरीमा माटोको ढिस्को खस्दा पुरिएर १५ वर्षीय एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन् ।प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे