अफिन लुम्बिनी प्रदेश अध्यक्षमा भिमप्रसाद तुलाचन निर्विरोध निर्वाचित 



अफिन लुम्बिनी प्रदेश अध्यक्षमा भिमप्रसाद तुलाचन निर्विरोध निर्वाचित 
भालुवाङ ९ साउन । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा भिमप्रसाद तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार दाङको भालुवाङमा एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशकाे तेस्रो अधिवेशनबाट अध्यक्षमा तुलाचन निर्विरोध निर्वाचित भएका हुन् ।  यस्तै उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा प्रकाश राना, कोषाध्यक्षमा विरू भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सरस्वता पन्थी, डा. दिपेश कुमार गुप्ता, विदुर बहादुर जिसी, माधव भण्डारी पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे