एमाले र नेकपा बीच पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति



एमाले र नेकपा बीच पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति

काठमाण्डौ ९ साउन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।  शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्नेछ यद्यपि, गण्डकी र मधेश प्रदेशको सरकार गठनबारे भने अझै टुंगो लागेको छैन । यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलहरूसँग थप छलफल गरी नेतृत्व र सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ।

f5b5aae7-3146-4653-ab49-a4f6b7eb2757-1784981461-1784982384.jpg

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे