एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेल : नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य



एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेल : नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं २१ जेठ । एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ११३ रन बनाएको हो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन् । ६७-७ को अवस्थामा रहेको नेपालको लागि सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ तथा अन्जु गुरुङले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे