भारतले भन्याे, ‘नेपाल सँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका रहदैन’
काठमाण्डाै १९ जेठ । भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन् ।
नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता जैसवालले सीमासम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गरे । आइतवार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादबारे दिएकाे अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो । प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
