देउखुरीको गढवामा करेन्ट लागेर एक जनाको मृत्यु
गढवा ४ साउन । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ थान देउखुरीका ५६ वर्षीय राम सेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
स्ट्यान्ड पंखा बनाउने क्रममा यादवलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ४ बजेर ४ मिनेटमा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्याइएको भए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
