देउखुरीमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक बरामद



देउखुरीमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक बरामद

देउखुरी ४ साउन । दाङको लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बरहा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ।

सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ भरुवा बन्दुक राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलिया, दाङबाट खटिएको प्रहरी टोलीले खोजतलास अभियान सञ्चालन गरेको थियो। सो क्रममा वनभित्र बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको भरुवा बन्दुक इलाका प्रहरी कार्यालय अमिलियामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। उक्त बन्दुक कसले र किन वन क्षेत्रमा लुकाइराखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले अवैध हातहतियार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना संकलन र निगरानीलाई प्रभावकारी बनाउँदै आएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे