खेर जाने केराको थाम आम्दानीको स्रोत बन्दै, राप्तीका महिला र कृषकहरू उद्यममा जोडिदै



खेर जाने केराको थाम आम्दानीको स्रोत बन्दै, राप्तीका महिला र कृषकहरू उद्यममा जोडिदै

भालुवाङ ४ साउन । दाङको राप्ती गाउँपालिकाले स्थानीय स्रोतसाधनको उपयोग गर्दै महिला तथा कृषकलाई उद्यममा जोड्न थालेको छ।

गाउँपालिकाले वडा नम्बर ७ को बड्का सिसहनियाँ र वडा नम्बर ८ को पिपरीका २० जना स्थानीय महिला तथा कृषकलाई केराको थामबाट रेसा निकाल्ने सीप सिकाउँदै उद्यमतर्फ अग्रसर गराएको हो। स्थानीयस्तरमा सहजै उपलब्ध हुने केराको थाम प्रायः खेर जाने गरे पनि त्यसबाट रेसा उत्पादन गरी विभिन्न हस्तकलाजन्य सामग्री निर्माण गर्न सकिन्छ।

यही सम्भावनालाई उद्यम र आयआर्जनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमुखी तथा सीपमूलक कार्यक्रममार्फत नागरिकलाई उद्यममा जोड्ने नीति गाउँपालिकाले लिएको बताएका छन्। केराको थामबाट निकालिएको रेसाबाट हाते झोला, पर्स, टोकरी, चकटी, डोरी तथा सजावटका सामग्री निर्माण गर्न सकिने भन्दै उनले तालिमलाई सीप सिकाउने कार्यक्रम मात्र नभई आयआर्जनको आधार बनाउन सहभागीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे