नर्ती स्थित बकेन सामुदायिक वन भित्रको प्रतिक्षालयबाट १ नाल अवैध भरुवा बन्दुक बरामद



नर्ती स्थित बकेन सामुदायिक वन भित्रको प्रतिक्षालयबाट १ नाल अवैध भरुवा बन्दुक बरामद

लमही ५ साउन । दाङ देउखुरीबाट प्रहरीले बेवारिसे अवस्थामा एक नाल भरूवा बन्दुक बरामद गरेको छ । लमही नगरपालिका–१ नर्ती स्थित बकेन सामुदायिक वनबाट प्रहरीले मंगलबार विहान ९ बजे उक्त बन्दुक फेला पारेको हो ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिनाको कमाण्डमा खटिएको सात सदस्यीय प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा वनको बीचभागमा रहेको नेत्रलाल अभागी प्रतिष्ठानद्वारा निर्मित प्रतिक्षालय भित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको भरुवा बन्दुक वेवारिसे तथा प्रयोगविहीन अवस्थामा रहेको बताइएको छ। उक्त बन्दुक नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीमा ल्याइएको छ भने यसको स्रोत, प्रयोगकर्ता तथा त्यहाँ कसले राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीले अवैध हतियार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना संकलन र निगरानीलाई थप प्रभावकारी बनाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे