लुम्बिनी हाेटेलका सञ्चालक पाैडेलले निलसागरमा फलफूल बितरण गरेर मनाए जन्मदिन
देउखुरी १४ जेष्ठ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, पहरूवामा रहेकाे लुम्बिनी हाेटेलका सञ्चालक तथा युवा अभियन्ता राज पाैडेलले आफ्नो जन्मदिन विशेष ढंगले मनाएका छन् । उहाँले आज बिहिबार दाङ राप्ती गाउँपालिका-८, मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण र नगद १ हजार ५ सय समेत सहयोग गरेर आफ्नाे ३० औँ जन्मउत्सव मनाएका हुन् ।


जन्मदिन कार्यक्रममा पाैडेलकी धर्मपत्नी अञ्जु न्याैपाने पाैडेल, पत्रकार सन्ताेषकुमार गुप्ता, पाैडेलका सहकर्मी सुरेश परियार लगायतका बक्ताले जन्मदिनकाे शुभकामना व्यक्त गरेका थिए । पाैडेलकाे एक छाेरा र एक छाेरी समेत रहेका छन् । उहाँ स-परिवार सहित आश्रम पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
