प्रस्तावित प्रधानन्यायाधीश शर्मा विरुद्ध १६ उजुरी



प्रस्तावित प्रधानन्यायाधीश शर्मा विरुद्ध १६ उजुरी

काठमाडौं ४ जेठ । प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरू मंगलबार ९ः४५ बजे बस्ने समितिको बैठकमा खोलिनेछ भने अध्ययनका लागि सांसदहरूलाई वितरण गरिनेछ। समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे