पत्रकार सबिन प्रियासनद्वारा घाेराही उप-महानगरपालिकाकाे मेयरमा उम्मेदवारी घोषणा



पत्रकार सबिन प्रियासनद्वारा घाेराही उप-महानगरपालिकाकाे मेयरमा उम्मेदवारी घोषणा

घाेराही २८ बैशाख । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका छन् । घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहेका छन्। यही क्रममा उनले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

घोराही र तुलसीपुर मिलाएर महानगर बनाउने चर्चा चलेपछि घोराही निबासी सबिन प्रियासनले महानगर वा उपमहानगर भएपनि आफ्नो उम्मेद्वारी फिक्स रहेको बताए । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भने-चाहे महानगर होस, यात उपमहानगर मेरो उमेद्ववारी फिक्स हो ।´प्रियासनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेपछि यो कुरा भाइरल नै बनेको छ।

उनले पोस्ट गरेको भनाइमा सयौं व्यक्तिले सकारात्मक कमेन्ट गर्दै शुभकामना समेत दिएका छन्। प्रियासन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हुन् । उनी नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष हुँदा दाङलाई आवश्यक परेका विषयवस्तुमा बलियो तरिकाले आवाज उठाउनुका साथै ती योजनाहरूलाई सार्थक बनाउनुभएको थियो । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका प्रियासनले लेख रचना मार्फत दाङलाई कस्तो बनाउने भन्ने अवधारणाहरू पनि सार्वजनिक गरिरहेका छन् ।

यस विषयमा उनी सँग प्रतिक्रिया लिँदा प्रियासनले भने – म दाङ बनाउन धेरै अघिदेखि नै लागि परेको छु। अब नेतृत्वमै गएर केही गर्ने सोच छ । जनताले जिताउनु भएछ भने म उहाँहरुलाई निराश हुन दिने छैन । दाङलाई नेपालमै अब्बल बनाउनको लागि सृजनशील योजना सहित काम गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे