लमहीमा कक्षा ८ को परीक्षामा बगार बाबा मावि र गुरुकुल शतप्रतिशत नतिजा सहित नगर प्रथम
भालुवाङ २७ चैत । लमही नगरपालिका स्तरीय कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालय तर्फ लमही नगरपालिका–९ रिहारमा रहेको श्री बगार बाबा माध्यमिक विद्यालय र संस्थागत विद्यालय तर्फ लमहीमा रहेको गुरुकुल एकेडेमीले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
गत चैत २४ गते प्रकाशित नजिता अनुसार श्री बगार बाबा स्कुलबाट परिक्षामा सहभागी २३ जना विद्यार्थीमा २३ जना विद्यार्थीले उत्कृष्ट अंक सहित नगर प्रथम हुन सफल भएको छ । त्यस्तै गुरुकुल एकेडेमीबाट परीक्षामा सहभागी १२ जना विद्यार्थीमा १२ जना विद्यार्थीले उत्कृष्ट अंक सहित नगर प्रथम भएको छ । त्यस्तै परिक्षामा सामुदायिक विद्यालय तर्फ ८९.७७ प्रतिशत अंक सहित श्री माध्यमिक विद्यालय फल्कापुर नगर दोस्रो र संस्थागत विद्यालय तर्फबाट ८६.३६ प्रतिशत अंक सहित लमहीमा रहेको ज्योतिष्मति विद्यापीठ नगर तेस्रो हुन सफल भएको लमही नगरपालिका शिक्षा विकास शाखाले जानकारी दिएको छ ।

