जनता मावि कालाकाटेको अध्यक्षमा पुन महतारा चयन



जनता मावि कालाकाटेको अध्यक्षमा पुन महतारा चयन

भालुवाङ १८ चैत । दाङको गढवा गाउँपालिका–१ कालकाकाटेमा रहेको जनता माध्यमिक विद्यालयको अभिभावक भेला बुधवार सम्पन्न भएको छ ।

भेलाले पुन विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चित्रबहादुर महतारालाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा राजकुमार योगी, साबुना खातुन, पवित्रा गिरी, अनिता पाण्डे, कृष्ण परियार, पदेन सदस्यमा डम्बरबहादुर योगी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासे रहनु भएको छ । भने १ सदस्य रिक्त रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता एवम् गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यता र गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम विकको विशिष्ट आतिथ्यतामा भएको भेलाको सहजीकरण प्रधानाध्यापक बासुदेव बेल्वासेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे