विपद्का कारण नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न प्राधिकरणलाई गृहमन्त्रीकाे निर्देशन



विपद्का कारण नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न प्राधिकरणलाई गृहमन्त्रीकाे निर्देशन

काठमाण्डाै १५ चैत । गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको आज निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी पूर्वतयारी गर्न निर्देशन दिएका हुन् । उनले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अबदेखि यस्तो हुन नदिइने बताए । गृहमन्त्रीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेश गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गरे । उनले नेपालमा भूकम्प, बाढी पहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले पूर्वतयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे