देउखुरीमा अवरूद्व विद्युत सेवा सुचारु
भालुवाङ ७ चैत । लमही विधुत सवस्टेशनमा भएको आगलागीका कारण अवरुद्द भएको देउखुरीको विद्युत सेवा सुचारु भएको छ ।
गढवा र रिहार बाहेक अन्य सबै फिडर मर्मत पश्चात विद्युत सुचारु भएको वितरण केन्द्र लमहीका इञ्जिनियर प्रतिक्षा न्यौपानेले जानकारी दिइन् । अहिले गढवा फिडरको मर्मतको काम चलिरहेको छ भने रिहार फिडरको लोड पुगे अर्को फिडरमा जडान गरेर सञ्चालनमा ल्याउने कोशिस भइरहेको छ । मौरीघाट फिडरको चेक पोष्ट सम्म विद्युत सुचारू भएको छ ।
लमही स्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनमा हिजो दिउँसो विद्युत सर्ट हुँदा आगलागी भएको थियोे । सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणमा आएपछि विधुत मर्मतको काम सुरू भएको थियोे । विधुत अवरूद्व हुँदा देउखुरी पूरा अन्धकारमय थियोे ।
प्रतिक्रिया दिनुहोस्
