एमाले अध्यक्ष केपी ओलीका बुबाकाे पशुपति आर्यघाटमा अन्त्येष्टि



एमाले अध्यक्ष केपी ओलीका बुबाकाे पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डाै २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीकाे आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

ओलीका बुबा माेहनप्रसादकाे ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।

दिवङ्गत ओलीप्रति श्रद्धाञ्जली दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए ।

गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे