दाङका ३ वटा निर्वाचन क्षेत्र मध्ये १ मा सबैभन्दा धेरै ४ हजार भन्दा बढी मत बदर



दाङका ३ वटा निर्वाचन क्षेत्र मध्ये १ मा सबैभन्दा धेरै ४ हजार भन्दा बढी मत बदर

दाङ २७ फागुन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उक्त क्षेत्रमा ४ हजार ५७ मत बदर भएकाे छ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ४० हजार १ जना मतदाता रहेका थिए। तीमध्ये ८० हजार ४४६ मत खसेको थियो। खसेकाे मत मध्ये ७६ हजार ३८९ मत सदर भएकाे छ भने ४ हजार ५७ मत बदर भएकाे छ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६५ मतदाता रहेकोमा ८२ हजार ३०५ मत खसेको थियो। खसेकाे मत मध्ये ७९ हजार ४४० मत सदर भएकाे छ भने २ हजार ८६५ मत बदर भएकाे छ। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० मतदाता रहेका थिए। तीमध्ये ८८ हजार ६१७ मत खसेको थियो। खसेकाे मत मध्ये ८४ हजार ८४१ मत सदर भएकाे छ भने ३ हजार ७७६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। जिल्लाभर कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेकोमा २ लाख ५१ हजार ३६८ मत खसेको थियो। निर्वाचन परिणामअनुसार दाङमा क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मत बदर भएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे