जनअपेक्षा अनुरूप काम गर्छाैँ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पाठक



जनअपेक्षा अनुरूप काम गर्छाैँ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पाठक

देउखुरी २५ फागुन । दाङ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवराज पाठकले जनअपेक्षा अनुरूप परिणाम आउने गरी काम गर्ने बताएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले साेमबार संघकाे सभाहल सिसहनियाँमा आयाेजना गरेकाे स्वागत तथा बधाई कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भारी मतका साथ बिजय भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पाठकले बिगतमा अस्थिर सरकार कै कारण व्यवसायहरू सबै भन्दा मारमा परेकाे भन्दै अब बन्ने सरकारले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने बताए । उनले अब धेरै ढिला भईसक्याे भाषण भन्दा काम गरेर देखाउने बेला रहेकाे बताए । उनले आफूलाई रचनात्मक सुझाब दिएर सहयाेग गर्न सम्पूर्ण मतदाताहरू आग्रह गरे । साथै उनले जनताले आफू र आफ्नाे पार्टीलाई विश्वास गरेर दिएकाे मतकाे खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई १० हजार ४ सय ५२ मतको फराकिलो अन्तरले हराउँदै निर्वाचित भएका हुन् । पाठकले १५ हजार ४ सय ४६ मत प्राप्त गरेर विजयी भएका थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ४ हजार ९ सय ९४ मत प्राप्त गरेका थिए ।

संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवराज पाठककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पाठकलाई फुलमाला, टीका र खाँदा लगाएर स्वागत तथा बधाई ज्ञापन गरिएकाे थियाे । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेल, काेषाध्यक्ष गिरबहादुर ज्ञवाली, सल्लाहकारहरू भरत पाण्डे, हिमबहादुर राेकाय र रमेश गाैतम लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन संघका महासचिव प्रशान्त बसेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे