गढवा गाउँपालिकाले मनाईयो ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस
गढवा २४ फागुन । सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरु गरी मनाएको छ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो। गढवा गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुका लागि खेलकुद प्रतियोगिताको आयोजना समेत गरेको थियो। घैटा फोड, कुर्सी दौड, तातो आलु र चकलेट दौड प्रतियोगिता खेलको आयोजना समेत गरेको थियो। आईतबार गढवा गाउँपालिकाको कार्यालय परिसरमा सम्पन्न खेल प्रतियोगितामा बिजेताहरु लाई पुरस्कार वितरण समेत गरिएको हो।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले महिला दिवसको दिन एउटा पर्व जस्तै महत्त्वपूर्ण दिन भएको बताउदै आजको दिन संघर्षको प्रतिकको रुपमा मनाउन थालेको बताए । पहिलेको तुलनामा महिला माथी हुने हिंसा लगाएतका पुरुष सरह समान ज्याला ,दमन अत्याचार र महिला लाई दबाएर राख्ने, पहुँच भन्दा बाहिर राख्ने प्रवृत्तिको अन्त्य गर्दै आएको अवस्था सिर्जना भएको बताए। महिला माथी हुने सबै खाले हिसाको अन्त्यका लागि र समाजमा महिला शसक्तिकरण र समाजको नेतृत्व गर्ने अवसर प्रदान गर्न गाउँपालिकाले भिटा परियोजना मार्फत थुप्रै ताविम, कार्यक्रम गर्दै अघि बढेको बताए। महिला शसक्तिकरण बिना असल निर्माण हुन नसक्ने भन्दै महिलालाई अवसर बाट बन्चित गर्न नहुने धारणा राखे ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले महिला दिवस एक दिवश मात्र नभएर पर्व जस्तै भएको बताइन्। अन्तर्राष्ट्रिय महिला दिवस नारामा मात्र सीमित भए कुनै औचित्य नरहने भन्दै महिला माथि हुने दमन अत्याचार महिला हिंसाका घटना शुन्य गर्न सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने बताइन् । पछिल्लो समय महिलाहरु महिला बाटै हिंसाका सिकार हुने गरेको बताउदै महिलाहरु सचेत भई हिंसा गर्न र सहन नहुने बताइन् ।
त्यसैगरी कार्यक्रम बोल्ने नागरिक समाज गढवाल संयोजक खगेश्वर शर्माले ११६ औं अन्तर्राष्ट्रिय दिवस मनाई रहदा महिला दिवश उपलब्धि मुलक हुनु पर्ने बताउनु भयो।दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्नु दुखद बिषय भएको बताउदै शर्माले घर घरमा महिला माथी हुने हिंसाको अन्त्य आवश्यक रहेको बताएका छन् । त्यसैगरी कार्यक्रममा बोल्दै महिला अधिकार कर्मी सकुन्तला डिसीले स्थानीय निकाय बाट प्रत्येक बर्ष आयोजना हुने महिला दिवस समाजमा हुने बिकृती अन्तय हुने गरी साथै उत्पादनमा जोड दिने खालको हुनु पर्ने बताइन् । महिला महिला बाटै बढी पिडित भएको बताउदै घर घरमा महिलाहरु सक्षम हुनुपर्ने बताइन्
विभिन्न खेलकुदमा बिजेता हुनु भएकाहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो। घैंटा फोर खेलमा प्रथम हुन सफल महिला समूहकी सन्तोली चौधरी, चक्लेट दौड प्रतियोगितामा प्रथम सुजिता चौधरी, द्वितीय उर्मिला चौधरी, तृतीय रमा अधिकारी र सान्त्वना निर्मला घर्ती त्यसैगरी कुर्सी दौड प्रतियोगितामा प्रथम शिल चौधरी, द्वितीय कविता यादव, तृतीय मिना अधिकारी र सान्त्वना अनु यादव , त्यसैगरी तातो आलु प्रतियोगितामा भिटा परियोजनाकी सहजकर्ता माया चौधरी प्रथम, सहजकर्ता आशा श्रेष्ठ द्वितीय,गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी तृतीय र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी संचालिका यसोदा भट्टराई सान्त्वना स्थान हासिल गर्नु भएको थियो सबै जना लाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा वडा नम्बर ७ कि वडा सदस्य कमला नेपाली, गढवा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, महिला अधिकारकर्मी शकुन्तला डिसी, नेपाल रेडक्रस सोसाइटी शाखा गढवाका सभापति उमाकान्त पन्त, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष शोभा रावत क्षेत्री, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी सञ्चालिका यशोदा भट्टराई, गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगमबहादुर गहतराज, सहभागीहरूको तर्फबाट हेमन्ता केसी लगायतकाले बाेलेका थिए । गढवा गाउँपालिका वडा नम्बर ७ की वडा सदस्य तथा न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गरेकी थिइन् ।
