प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई प्रशंसा–पत्र सहित बिदाई



प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई प्रशंसा–पत्र सहित बिदाई

देउखुरी १० बैशाख । प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई प्रशंसा–पत्र सहित बिदाई गरिएकाे छ । चार बर्षे कार्यकाल सकिएपछी पोखरेलको विदाई गरिएको हो । पोखरेलले २०७८ चैत २५ देखि २०८२ चैत २४ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा प्राधिकरणमा रहेर कार्य गरेका थिए । उनको कार्यकालमा प्रदेशको पूर्वाधार विकास र विशेष गरी प्रशासनिक केन्द्र (मन्त्रालयका भवनहरू) निर्माणमा पु¥याएको योगदानको प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ ।

साे अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रशासनिक केन्द्र निर्माण र अन्य ठूला पूर्वाधारका कामहरू समयमै सम्पन्न गर्न प्राधिकरणले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे । सो अवसरमा उनले प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ई. छविराज पोखरेललाई प्रशंसा–पत्रद्वारा सम्मानित समेत गरे । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव कृष्णप्रसाद काप्रीलगायत प्राधिकरणका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे