देउखुरीको मौरीघाटमा कार र टयाक्टर एक आपसमा ठोक्किदा ३ जना घाइते



देउखुरीको मौरीघाटमा कार र टयाक्टर एक आपसमा ठोक्किदा ३ जना घाइते

भालुवाङ ११ वैशाख । दाङको देउखुरीमा कार र टयाक्टर एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

शुक्रवार राती ९ः३५ बजेको समयमा राप्ती गाउँपालिकाको मौरीघाट क्षेत्रमा भएको दुर्घटनामा परि कार चालक राप्ती गाउँपालिका–२ कटेशनाला निवासी वर्ष ३० को पिताम्बर कुमाल, सोही कारमा सवार राप्ती गाउँपालिका–२ लालमटिया निवासी वर्ष ३६ को शंकर कुमाल र टयाक्टर चालक लमही नगरपालिका–२ वनकट्टा निवासी वर्ष ३४ को कालुराम चौधरी घाइते भएका छन् । घाइते तीनै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

पश्चिमबाट पुर्व गइरहेको लुम्बिनी प्रदेश ०२–००१ च ०२३२ नम्बरको कार र पुर्वबाट पश्चिम तर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ त ०२०५ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएका थिए । दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे