भालुवाङ प्रहरीद्धारा ब्राउन सुगर सहित भालुवाङ र धानखोलाबाट ५ जना पक्राउ
देउखुृरी ११ बैशाख । दाङको ईलाका प्रहरी कार्यालय भालुवाङले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रकाउ गरेको छ । बिहिबार बेलुका करिब ७ बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका—१, कालाकाटे जुरौनीबाट लागुऔषध ब्राउन सुगर ५ जनालाई प्रकाउ गरेको हो ।
प्रहरीले गढवा गाउँपालिका—१, धानखोला बस्ने वर्ष २९ का गोविन्द घर्तीमगरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट १३.३८ ग्राम लागु औषध बरामद भएको र घर्तीलाई अनुसन्धान गर्दै जाँदा उनको घरमा लुकाई छिपाई राखेको ३० पुडिया (२.५० ग्राम लागु औषध ब्राउन सुगर) गरी कुल जम्मा १५.८८ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पु्ष्करसिंह ऐरीले जानकारी दिए ।

उनका अनुसार प्रकाउ परेका घर्तीलाई अनुसन्धान गर्दै जाँदा लागुऔषध ब्राउन सुगर ओसार—पसार तथा सेवनमा संलग्नताको आधारमा थप ४ जनालाई समेत प्रहरीले प्रकाउ गरेको छ । यसरी प्रकाउ पर्नेहरुमा राप्ती गाँउपालिका—१, भालुवाङ बस्ने वर्ष २९ का आसबहादुर रोका, सोही ठाउँ कै बर्ष ३० का ऐकेन्द्र पुन, सोही ठाउँका वर्ष २८ का अजय पुन र सोही ठाउँ कै वर्ष २८ का खेमराज चौधरी रहेका छन् ।
साथै प्रकाउ परेका घर्तीमगरले प्रयोग गर्दै आईरहेको बा ८५ प १९५१ न.को बुलेट मोटरसाईकल समेत बरामद गरी आफ्नो नियन्त्रणमा लिएको भालुवाङ प्रहरीले जनाएको छ । प्रकाउ परेका पाँचै जनालाई दाङ—देउखुरी जिल्ला अदालतमा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।


