दुर्गा भवानी आधारभुत विद्यालय मसुरियाको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
मसुरीया १५ फागुन । दुर्गा भवानी आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ मसुरीयाले शुक्रवार २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् प्रा.डा. गोविन्द शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै घिमिरेले शिक्षा क्षेत्रको विकासका लागि राज्यको लगानीले मात्र सम्भव नहुने हुँदा समुदायको लगानी पनि आवश्यक रहेको बताएका छन् । उनले भौतिक संरचना निमार्ण देखि शिक्षाको गुणस्तर सुधार गर्न पनि समुदायको लगानी अपरिहार्य रहेको बताएका छन् । कार्यक्रममा गोरखा आइडियल स्कुलका प्रधानाध्यापक बसन्तबहादुर पुन, चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्य, केशवराज खनाल, टोपबहादुर कार्की लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न अक्षयकोषबाट आएको व्याजले छात्रवृत्ति वितरण, अतिरिक्त क्रियाकलापका विजेता, विद्यालय प्रथम, दोस्रो, तेस्रो आउनेलाई पुरस्कार वितरण, विद्यालयमा विभिन्न समयमा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । भने कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षिका मनिषा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टोमलाल गैरेले गरेका थिए ।

