दाङमा फागुन १८ देखि तीन दिन सम्म ड्रोन उडाउन नपाइने



दाङमा फागुन १८ देखि तीन दिन सम्म ड्रोन उडाउन नपाइने

दाङ १२ फागुन । जिल्ला प्रशासन कार्यालय, दाङले फागुन १८ गते देखि चुनाव सम्पन्न नहुँदासम्मका लागि ड्रोन उडाउन रोक लगाएको छ। दाङ प्रशासनले मंगलबार सूचना जारी गर्दै अनुमति लिई सञ्चालनमा रहेका ड्रोनहरू फागुन १८ गतेदेखि निर्वाचन नसकिँदासम्म नउडाउन भनेको हो।

सूचना उल्लंघन गरी कसैले ड्रोनको प्रयोग गरेको पाइएमा कानूनबमोजिम कडा कारबाही हुने दाङ प्रशासनले चेतावनी दिएको छ। ‘२०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई मध्यनजर गरी कुनै व्यक्ति वा निकायहरुले अनुमति लिई संचालनमा रहेका ड्रोनहरु निर्वाचन भन्दा ३ दिन अगाडि (मिति २०८२/११/१८ गते) देखि निर्वाचन सम्पन्न नहुँदासम्म ड्रोनको प्रयोगमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। यो सूचना उल्लंघन गरी कसैले ड्रोनको प्रयोग गरेको पाइएमा कानूनबमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे