दाङ- १ मा नेपाली कम्युनिष्ट पार्टीका ४७ जना नेता तथा कार्यकर्ताहरूद्वारा सामूहिक राजिनामा
भालुवाङ ११ फागुन । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका ४७ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् ।
सोमबार राप्ती गाउँपालिका-४ मौरीघाटमा एक कार्यक्रमका बीच पार्टीका लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर थापा सहितका ४७ जना नेता कार्यकर्ताहरूले सामुहिक राजिनामाको घोषणा गरेका हुन् । दाङ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को पक्षमा उभिएको विषयलाई लिएर पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहसम्मका नेताहरूलाई पालैपालो कारबाही गरेको आरोप लगाउँदै उक्त कारबाही प्रति असहमति जनाउँदै उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा अघि बढ्ने निर्णय सहित सामुहिक राजिनामा दिएका हुन् ।
राजीनामा घोषणा गर्दै उनीहरूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई चुनाव चिन्ह “आँप” मा मतदान गरी अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी भित्र विचार स्वतन्त्रता र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको निष्कर्ष सहित आफूहरू बाध्य भएर सामूहिक रूपमा अलगिएको उनीहरूको भनाइ छ।
राजिनामा दिने नेता कार्यकर्ताहरूको विज्ञप्ति सहितको नामावली

