टी-२० विश्वकप : १२ वर्षपछि विश्वकपमा नेपालको जित



टी-२० विश्वकप : १२ वर्षपछि विश्वकपमा नेपालको जित

काठमाडौं ५ फागुन । आइसीसी टी-२० विश्वकपमा नेपालले १२ वर्षपछि जित हासिल गरेको छ। नेपालले २०१४ को विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएको थियो।

त्यसपछि गत वर्ष विश्वकपमा नेपाल छनोट भएको थियो। तर उक्त विश्वकपमा नेपाल जितविहीन बनेको थियो । २०१४ को विश्वकपमा समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तानमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा हङकङलाई ८० रनले हराएको थियो। तर बंगलादेश सँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न असफल भएको थियो।

त्यसयता लामो समय विश्वकपमा सहभागिता जनाउन असफल नेपालले गत वर्ष विश्वकप खेलेको थियो। उक्त विश्वकपमा दक्षिण अफ्रिकासँग रोमाञ्चक १ रनको हार अहिलेपनि नेपाली दर्शकका लागि ताजै छ। तर यो पटक लगातार तीन खेल हारेपनि अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको अन्तिम खेलमा सान्तवना जित निकाल्दै विश्वकपमा जितविहीन हुन बाट जोगियो भने विश्वकपमा लगातारको हारको श्रृंखला समेत अन्त गर्‍यो।

यो सँगै समूहमा नेपाल समेत एक जित हासिल गर्दै समूह ‘सी’ बाट कुनैपनि टोली जितविहीन रहनु परेन। साथै नेपाली टिमले अन्तत अन्तिम खेलमा विश्वकपमा जित हासिल गर्दै जित निकाल्यो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पुरा गर्‍यो।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय इनिङ खेले। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनलाइ गुल्सन झाले २४ रनमा साथ दिए। यी दुईबाहेक कुशल भुर्तेलले ४३ रन बनाउँदा आसिफ शेखले ३३ रन बनाए। त्यस्तै रोहित पौडेलले १६ रन बनाएका थिए। गुल्सन र दिपेन्द्रबीच चौंथो विकेटका लागि ७३ रनको अविजित साझेदारी भएको थियो।स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिएका थिए। त्यसअघि स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।

उसका लागि माइकल जोनेसले सर्वाधिक ७१ रन बनाए। उनले ५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर जर्झ मुन्सीले २७ रन बनाए। यि दुइबिच पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो। त्यस्तै स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २५ तथा रिची बेरिङटनले १० रन बनाए। यि दुइ बाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। राम्रो सुरुवातका बाबजुत स्कटल्यान्डको पछिल्लो क्रम भने समालिन सकेन्।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ३ विकेट लिए। उनी बाहेक नन्दन यादव २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे