लिटिल एन्जल्स स्कूलका प्रधानाध्यापक शोभाखर भुसाल राष्ट्रिय शिक्षा सम्मान २०८२ द्वारा सम्मानित



लिटिल एन्जल्स स्कूलका प्रधानाध्यापक शोभाखर भुसाल राष्ट्रिय शिक्षा सम्मान २०८२ द्वारा सम्मानित

भालुवाङ २५ माघ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङ स्थित लिटिल एन्जल्स स्कूलका प्रधानाध्यापक शोभाखर भुसाल राष्ट्रिय शिक्षा सम्मान २०८२ द्वारा सम्मानित भएका छन् ।

भुसाललाई वरिष्ठ शिक्षासेवी, शैक्षिक अभियान्ता तथा समाजसेवीका रूपमा लामो समय देखिको योगदानका लागि फोकस नेपाल संस्थाद्वारा राष्ट्रिय शिक्षा सम्मान-२०८२ बाट सम्मानित गरेको हो । उक्त पुरस्कार समारोह नेपाल पर्यटन बोर्ड, काठमाडौं, नेपालमा शनिबार सम्पन्न भएको थियो । विमला घिमिरे, राष्ट्रिय सभाकी उपाध्यक्ष (प्रमुख अतिथि) र रामचन्द्र पोखरेल, फोकस नेपालका अध्यक्षले संयुक्त रूपमा उक्त सम्मान प्रदान गरेका थिए।

भुसाललाई विभिन्न शैक्षिक संस्थाहरूको नेतृत्व गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा चिनिन्छ, विशेष गरी लिटिल एन्जल्स स्कूल राप्ती प्रा. लि.का संस्थापक प्राचार्यको रूपमा, संस्थाले राष्ट्र विकास, शैक्षिक क्षेत्रको विकास र सामाजिक सेवामा उनको उल्लेखनीय योगदान अमूल्य र चिरस्थायी रहने भन्दै प्रशंसा गरेको छ। उक्त कार्यक्रम मा देशभरी बाट बिभिन्न क्षेत्रमा योगदान पुराउनु हुने ब्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे