कृष्णनगरमा जुवाको खालबाट लमहीका २ जना सहित १५ जना पक्राउ, पौने ५ लाख रकम बरामद



कृष्णनगरमा जुवाको खालबाट लमहीका २ जना सहित १५ जना पक्राउ, पौने ५ लाख रकम बरामद

कपिलवस्तु ३१ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगर स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ५ लाख रुपैयाँ नगद सहित १५ जनालाई पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार दिउँसो विनोद रावतको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो। त्यसक्रममा प्रहरीले ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र ३ गड्डी तास बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–३ का प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका–१ का सुरेन्दर मन्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका–३ का विनोद एला, रुपन्देही सुद्धोधन गाउँपालिका–४ का सागर काफ्ले र अशोककुमार घिमिरे रहेका छन्।

त्यस्तै, रुपन्देही सुद्धोधन गाउँपालिका–१ का रामेश्वर थारु, गैडहवा गाउँपालिका–३ का अब्दुल रहिम, सुद्धोधन गाउँपालिका–१ का रामू सहानी, कपिलवस्तु नगरपालिका–७ का लवकुश गिरी र कृष्णनगर नगरपालिका–३ का लक्ष्मीप्रसाद जैसवाल पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा रुपन्देही गैडहवा गाउँपालिका–३ का श्रीराम यादव, गैडहवा गाउँपालिका–८ का जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका–५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगी रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरूले स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे