सर्पदंशबाट घाइते रिमालाई आदर्श नमुना माविको तर्फबाट ६६ हजार ५ सय सहयोग



सर्पदंशबाट घाइते रिमालाई आदर्श नमुना माविको तर्फबाट ६६ हजार ५ सय सहयोग

लालमटिया ३० साउन । सर्पदंशबाट गम्भीर घाइते भएकी राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयकी कर्मचारी रिमा कुमाल खत्रीलाई विद्यालय परिवारले आर्थिक सहयोग गरेको छ ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी घाइते कुमाल खत्रीको उपचारमा सहयोग स्वरूप ६६ हजार ५ सय रुपैयाँ प्रदान गरेका हुन् । गत साउन १४ गते खेतमा साग टिप्ने क्रममा खत्रीलाई सर्पले डसेको थियो । सर्पदंशपछि लमही अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो ।

विद्यालयका शिक्षक मानव राना र शरद चौधरी घाइते कुमाल खत्रीको घर घोराही उपमहानगरपालिका–९, भगुवार पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । आर्थिक तथा उपचारको कठिन परिस्थितिमा विद्यालय परिवारले साथ दिएको भन्दै कुमाल खत्रीले धन्यवाद व्यक्त गरेकी छिन् । उनले आफ्नो दुखको समयमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले गरेको सहयोगले उपचारमा ठूलो राहत पुगेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे